बजेट वक्तव्यका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक आज बस्दैछ । यसअघि संयुक्त बैठक दिउँसो १ बजेका लागि आह्वान गरिएकोमा सरकारको अनुरोधमा दिउँसो ३ बजेका लागि सरेको छ ।

आज दिउसो १ बजे संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत हुने पूर्व निर्धारित कार्यतालिका परिवर्तन भई दिउसो ३ बजे बजेट पेश हुने भएको छ । सरकारको अनुरोधमा संयुक्त बैठकको समय दुई घण्टा सारेर दिउसो ३ बजेका लागि तय भएको संसद् सचिवालयले जनाएको छ ।