मकवानपुर । हेटौंडा उपमहानगरपालिका–९ स्थित श्रीकृष्ण आदर्श इङ्लिस सेकेन्डरी बोर्डिङ स्कुलमा विद्यालय स्वास्थ्य र पोषण सम्बन्धी साताव्यापी कार्यक्रम सम्पन्न भएको छ । गत जेठ १ गतेबाट सुरु भएको साताव्यापी कार्यक्रम अन्तरगत मंगलबार विद्यार्थीले तयार पारेका स्वास्थ्य र पोषणसम्बन्धी सचेतनामूलक प्रदर्शनी गर्दै समापन गरिएको हो ।

मंगलबार विद्यार्थीहरुले विभिन्न समुहमा स्वास्थ्य र पोषणसम्बन्धी छुट्टा छुट्टै प्रदर्शन गर्नुका साथै अवलोकनकर्ता अभिभावक तथा विद्यार्थीहरुलाई जानकारीसमेत प्रदान गरेका थिए । विद्यार्थीको शैक्षिक विकासमा स्वास्थ्य र पोषणबारे सचेतना जगाउने उद्धेश्यले सुरु गरिएको साताव्यापी कार्यक्रम मंगलबार सकिएको कार्यक्रमकी संयोजक आस्मा बाँनीयाले बताउनुभयो । विद्यार्थीहरूकोलागि स्वस्थ जीवनशैली र राम्रो पोषणलाई बढावा दिनकै लागि आयोजना गरिएको कार्यक्रम निकै प्रभावकारी भएको उहाँले बताउनुभयो ।

May be an image of 5 people, people studying and text

मंगलबार विद्यालय परिसरमा स्वस्थ रहन अपनाउनुपर्ने उपायहरु, स्वस्थ र पोषणयुक्त खानेकुरा, रैथाने खानेकुरालगायतको प्रदर्शनी गरिएको थियो । प्रदर्शनीमा कक्षा ६ देखि १० कक्षासम्मका विद्यार्थीहरुले फरकफरक समूह बनाई प्रदर्शनीमा राखिएका सामाग्री सम्बन्धी अभिभावक तथा अवलोकनकर्तालाई जानकारी दिएको विद्यालयका सञ्चालक नविन केसीले बताउनुभयो । सरकारले हरेक वर्ष जेठ १ देखि ७ गतेसम्म विद्यालय स्वास्थ्य र पोषण सप्ताह मनाउने कार्यक्रम तय गरे अनुसार विद्यालयले यो वर्षदेखि वार्षिक क्यालेन्डरमै राखेर सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको सञ्चालक केसीले बताउनुभयो ।

May be an image of 7 people and text

सप्ताहव्यापी कार्यक्रम अन्तरगत विद्यार्थीहरुले एक सातासम्म विद्यालय सरसफाई, विद्यार्थीको स्वास्थ्य जाँच, औषधि वितरण, पोषण र स्वास्थ्यबारे सचेतनालगायतका कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो । जस अन्तरगत कक्षा सरसफाई, व्यक्तिगत सरसफाई, किशोर अवस्थामा पोषणको महत्वबारे अभिमुखीकरण र जुकाको औषधि वितरण, हात धुने तरिका, साथै विद्यार्थीको उचाई र तौल मापन गर्ने, पोषणको महत्वबारे वडा क्लिनिकबाट सहजकर्ता बोलाई अभिमुखीकरण, पोषण र स्वास्थ्यबारे हाजिरीजवाफ र निबन्ध प्रतियोगिता जस्ता रचनात्मक कार्यक्रम पनि गरिएको उहाँले बताउनुभयो । मंगलबार प्रदर्शनी अवलोकनमा वडाअध्यक्ष सुकराम केसीलगायत अभिभावकहरुको उपस्थिती रहेको थियो ।

May be an image of 5 people, people studying and text