काठमाडौँ–तराई मधेश द्रुतमार्ग सडक आयोजना अन्तरगत लेनडाँडा सुरुङमार्गको आज ब्रेक थ्रु भएको छ । राष्ट्रिय गौरवको काठमाडौँ–तराई मधेश द्रुतमार्ग सडक आयोजना अन्तरगत प्याकेज नं. २ मा रहेको मकवानपुरको बकैया र मकवानपुरगढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङमध्ये शुक्रबार काठमाडौंबाट निजगढतर्फ जाने सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएको हो ।

लेनडाँडा सुरुङमार्गको जोडी सुरुङमध्ये १ हजार ६३३ मिटर लम्बाइ रहेको काठमाडौँबाट निजगढतर्फ जाने सुरुङको आज ब्रेक थ्रु भएको हाे । निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्गको पनि छिट्टै ब्रेक थ्रु गरिने नेपाली सेनाले जनाएको छ ।