हेटौंडा । नेकपा एमाले हेटौंडा उपमहानगरपालिका कमिटीले शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको छ । एमाले हेटौंडा नगर कमिटीको आयोजनमा नयाँ वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना आदनप्रदन कार्यक्रम हुने भएको हो ।

एमाले हेटौंडा नगर कमिटीका अध्यक्ष शालिकराम पुडाशैनीका अनुसार नयाँ वर्ष २०८१ का उपलक्ष्यमा सुख, शान्ति, समृद्धिको हार्दिक कामनासहित शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्न लागिएको हो । नगर कमिटीले आगामी चैत्र ३० गते बिहान ८ बजे पार्टी कर्यालय हेटौंडा–५ मा कार्यक्रम आयोजना गर्ने सचिव बोलबहादुर कार्कीले बताउनुभयो । उहाँले कार्यक्रममा सहभागि हुन सबैलाई आग्रहसमेत गर्नुभएको छ ।