
हेटौंडा । नेकपा एमालेको पश्चिम मकवानपुरको मनहरी गाउँपालिका कमिटीको अधिवेशन आगामी जेठ २६ गते हुने भएको छ । गाउँपालिका कमिटी अध्यक्ष नविन सुवेदीको अध्यक्षता एवम् बागमती प्रदश कमिटी सदस्य एकराज उप्रेतीको प्रमुख आतिथ्यतामा बुधबार बसेको बैठकले २०८१ साल जेठ २६ गते मनहरी–४ माथिल्लो मसिनेमा अधिबेशन आयोजना गर्ने निर्णय गरेको हो ।

गाउँ कमिटीका अध्यक्ष सुवेदीका अनुसार जिल्ला कमिटीको निर्देशन अनुसार बैठकले बैशाख महिना भित्र सबै वडा कमिटि अधिबेशन सम्पन्न गर्ने, बैशाख १० गतेसम्म सदस्यता नविकरण सम्पन्न गर्ने तथा बैशाख महिना भित्र भातृ संगठनको बैठक तथा अधिबेशन सम्पन्न गरेर जेठ २६ गाउँअधिबेशन गर्ने निर्णय गरेको हो ।

निर्णय अनुसार आजै मनहरि ७ को वडा अधिबेशन सम्पन्न भएको उहाँले बताउनुभयो । अधिवेशनबाट गोम्बे लामाको अध्यक्षतामा १५ सदस्य नयाँ कमिटि गठनसमेत गठन भएको छ । अधिवेशनका क्रममा विभिन्न पाट्री परित्याग गरि २५ जना नेकपा एमालेमा प्रवेश गर्नु भएको उहाँले बताउनुभयो । नवप्रवेशीलाई प्रमुख अतिथि उप्रेतीले खादा लगायर स्वागत गर्नुभएको थियो ।