स्वास्थय सुरक्षाका मापदण्डको पूर्ण पालना गर्न वडावासीलाई अनुरोध

मकवानपुर– हेटौंडा उपमहानगरपालिका ९ नम्बर वडा कार्यालयले स्वास्थ्य समस्या सम्बन्धि अत्यावश्यक सेवा बाहेक तत्काल अन्य सम्पूर्ण सेवा बन्द गरेको छ । कार्यालयले एक सुचना जारी गर्दै तुलनात्मक रूपमा ९ नम्बर वडा अति जोखिम क्षेत्रमा रहेको भन्दै तत्कालका लागि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरेको हो ।
महामारीको बीचमा वडा कार्यालय सञ्चालनमा भिडभाडको कारण थप जोखिम बढ्को भन्दै स्वास्थ्य समस्या सम्बन्धि अत्यावश्यक सेवा बाहेक तत्काल अन्य सम्पूर्ण सेवा बन्द गरिएको वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले जानकारी दिनुभयो । साथै उहाँले वडा भित्र ठ्लो समुहमा भिड्भाड तथा बिबाह, बर्तबन्ध, भोज भतेर तथा कुनै पनि सार्बजनिक कार्यहरु समेत नगर्न सुचित गर्दै सुचना उलङ्ग्न गरेमा कुनै हेल्चक्¥याई गरेमा कानुनी कारबाही हुने जानकारी दिनुभयो । अध्यक्ष भण्डारीले अत्यावश्यक स्वास्थ्य सम्बन्धि सेवाको लागि सम्पर्क गर्न समेत आग्रह गर्नुहुँदै अत्यावश्यक सेवाको लागि २४ सै घण्डा तयार रहेको प्रतिबद्वता व्यक्त गर्नुभयो ।
अध्यक्ष भण्डारीले कोरोना रोकथाम तथा नियन्त्तणका लागि स्वास्थय सुरक्षाका मापदण्डको पूर्ण पालना गर्न वडावासीलाई अनुरोध समेत गर्नुभयो । हेटौँडा उपमहानगरपालिकाको ९ नम्बर वडा घना जनसंख्या बसोबास गर्ने भएकाले बढि संख्यामा संक्रमित देखिएको भन्दै तुलनात्मक रूपमा ९ नम्बर वडा अति जोखिम क्षेत्रमा रहेको भन्दै कोरोना संक्रमणबाट बच्न जिल्ला प्रशासन कार्यालयले जारी गरेको स्वास्थय मापदण्डको पूर्ण पालना गर्न आग्रह गर्नुभयो । वडाबासीलाई कोरोना संक्रमणबाट बच्न अपनाउन पर्ने मापदण्ड पूर्ण पालना गर्न आग्रह गर्नुहुँदै उहाँले सजग, सचेत रहन आग्रह गर्नुभयो । साथै कोरोना सम्बन्धी कुनै पनि समस्या भएमा निम्न नम्बरमा सम्पर्क गर्न समेत आग्रह गर्नुभएको छ । उहाँले वडा अध्यक्षको मोवाईल नम्बर ९८५५०६८४९६, ९ नम्बर वडा प्रहरी कार्यालय ४१२४९८, कोरोना संक्रमण चेक जाँचको लागि भोला चौलागाई ९८५५०६७५४०, एम्बुलेन्स सेवाको लागि अनन्त बाँस्कोटा– ९८५५०२९२८० वा ९८५५०३१२५४, ९८५५०२७९३२, ९८४५०३०७५३ मा सम्पर्क गर्न अनुरोध गर्नुभयो ।