
हेटौंडा । बागमती प्रदेशका खानेपानी उर्जा तथा सिंचाइ मन्त्री एकालाल श्रेष्ठले गाउँभन्दा शहरको सहकारीमा वित्तीय संकट देिखएकाे बताउनुभएको छ । मकवानपुरगढी- ३ मा रहेको जागरण वचत तथा ऋण सहकारी संस्थाको २५औं रजत महोत्सव समापन समारोहलाई सम्बोधन गर्नुहुदै सहकारीमा बसेर ऋण लिने र नतिर्ने प्रवृत्ति देखिएको बताउदै सरकारले नियमित नियमन गर्नुपर्ने बताउनुभयो ।

ग्रामीण भेगमा रहेर २५ वर्षअघि जुन उत्साहले सहकारी खोल्नुभयो जागरणले आजको दिनमा आईपुग्दा आफ्नो स्वर्णिम अवधी पार गरेकोमा बधाई दिनुभयो । मन्त्री श्रेष्ठले अहिलेको समय यो वर्षको बजेट कार्यान्वयन र नयाँ बजेट बनाउने चरणमा रहेको बताउदै आगामी बजेट कार्यान्वयन हुने खालको बनाउने बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेश सहकारी बोर्डका उपाध्यक्ष नारायण प्रसाद देवकोटा, राष्ट्रिय सहकारी संघका अध्यक्ष बद्री लम्साल, बागमती प्रदेश सहकारी संस्था लिका अध्यक्ष उद्दव सापकोटा लगाएतले शुभकामना व्यक्त गर्नुभयो । जागरण साकोसका अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाले स्मारिका समेत विमोचन गरेको थियो । रजत जयन्तीको अवसरमा संस्थाले सहकारी स्थापनाको समयका संस्थापक सदस्यहरुलाई सम्मान समेत गरेको थियो ।