हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. ९ कर्रास्थित श्री नवदुर्गा भवानी संरक्षण समितिको २९औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । मन्दिर संरक्षण समितिका अध्यक्ष अमित श्रेष्ठको अध्यक्षता एवम् बागमती प्रदेश सभा सदस्य लक्ष्मी श्रेष्ठको प्रमुख आतिथ्यतामा साधारण सभा भएको हो ।

वि. सं. २०२० सालमा स्थापना भएको यो मन्दिर जिल्लाकै पुरानो मध्येको एक मन्दिर हो । केहि बर्ष अघि मात्र जिर्णोदार गरिएको मन्दिर हाल धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएको छ । समितिका अध्यक्ष श्रेष्ठले मन्दिरको अझ बढी प्रचार प्रसार गर्दै लानु पर्ने बताउनुभयो ।

साधारणसभामा अध्यक्ष श्रेष्ठको प्रतिबेदन र कोषध्यक्ष विश्वनाथ अर्यालको आर्थिक पारित गरिएको थियो । भने मन्दिरलाई सहयोग गर्नुहुँदै विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा जिसस सदस्य बिरेन्द्र लामा, ९ नम्बर वडा अध्यक्ष सुकराम केसि लगाएतको सहभागिता थियो ।

