हेटौंडा । हेटौंडामा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको जेसीआई हेर्टौंडा लेडीले सप्ताहव्यापी कार्यक्रमहरु गर्ने भएको छ । आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै जेसीआई हेर्टौंडा लेडीकी अध्यक्ष प्रतिमा श्रेष्ठले भोलि मंसिर ८ गतेबाट मंसिर १४ गतेसम्म गरिने सप्ताहव्यापी कार्यक्रमहरु बारे जानकारी दिईन् । उनले कार्यक्रमको पहिलो दिन भोलि बिहान ७ बजे लेढी जेसीज र महिला पत्रकार फुटसल प्रतियोगिता हुने र उक्त कार्यक्रमको संयोजक जेसी इन्दिरा बानियाँ रहेको बताईन् ।
उनले उक्त कार्यक्रम हेटौंडा फुटसल एण्ड स्पोर्ट सेन्टर हेटौंडा-४ कमल डाँडामा हुने र सोहि दिन बिहान १० बजे स्व बासु प्रसाद पौडेल स्मृतिमा मनहरी १ चकरी स्थित श्री प्राविका विद्यार्थीहरुलाई पोशाक वितरण गर्ने रहेको र कार्यक्रमको संयोजक पुजा बस्नेत लामा रहेको बताईन् । अध्यक्ष श्रेष्ठले भोलिनै दिउँसो २ बजे हेटौंडा-९ पाञ्चायन मन्दिरमा हुने घरेलु सेनिटरी प्याड बनाउने तालिम दिन लागिएको र उक्त कार्यक्रमको संयोजक जेसी शिखा भट्टराई रहेको बताईन् ।
यसैगरि,सप्ताहव्यापी कार्यक्रमको दोस्रो दिन मंसिर ९ गते हेटौंडा-१ चौकिटोलमा स्वागत बोर्ड स्थापना गर्न लागिएको र उक्त कार्यक्रमको संयोजक जेसी अदिति पौडेल,हेटौंडा-४ मा महिला उद्यमशिलता सम्बन्धि हुने तालिमको संयोजक मंजु मैनाली रहकी छन् । उक्त दिननै क्लब हेटौंडामा हुने विद्यालय स्तरीय वक्तृत्वकलाको संयोजक स्वस्तिका बाँनिया रहेकी छन् ।
यसैगरि,सप्ताहव्यापी कार्यक्रमको तेस्रो दिन मंसिर १० गते दिव्य सेवा निकेतनमा खाद्यन्न वितरण रहेको र उक्त कार्यक्रमको संंयोजक जेसी पुष्पा केसी रहेकी छन् ।
कार्यक्रमको चौथो दिन क्लब हेटौंडामा संसीय बैठक प्रणाली तालिम र हेटौंडा १ बाजो डाँडामा जेसीज गाउँ घोषणा तथा शैक्षिक सामाग्री वितरण काकार्यक्रम रहेको र उक्त कार्यक्रमहरुको संयोजक क्रमशः जेसी अस्मिता न्यौपाने र सुनिता राई बस्नेत रहेको अध्यक्ष श्रेष्ठले बताईन् । कार्यक्रमको पाँचौ दिन मंसिर १२ गते हेटौंडा ४ हुप्राचौर गेट अगाडी महिला स्लो स्कुटि प्रतियेगिता,हेटौंडा-४ कमल डाँडामा महिला मयुरी अटो चालकलाई ट्राफिक नियम सचेतना एवं सेफ्टी ज्याकेट वितरण र उद्यमशिलता तालिम रहेको र उक्त कार्यक्रमको संयोजकहरुमा क्रमशः सरस्वती थिङ केसी,जेसी स्वेच्छा दंगाल र रंजिता पुडासैनी रहेको जानकारी दिईएको छ । यसैगरि कार्यक्रमको छैठौ दिन मंसिर १३ गते हेटौंडा-८ कमाने स्थित चन्द्रोदय माविमा महिला आत्मसुरक्षा तालिम,हेटौंडा-९ सिआन पुनः स्थापना केन्द्रमा लागू औषध न्युनिकरण सचेतना तथा हट वाटर डिष्पेसर वितरण कार्यक्रम रहेको र उक्त कार्यक्रमको संयोजकहरुमा क्रमशः जेसी रंजिता विष्ट र जेसी सरिता नेपाल रहेकी छन् ।
सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन मंसिर १४ गते हेटौंडा-४ स्थित क्लब हेटौंडामा जेसीज सप्ताह समापन तथा पुरस्कार वितरणको कार्यक्रम रहेको र उक्त कार्यक्रमको संयोजक ज्योति काफ्ले रहेकी छन् । अध्यक्ष श्रेष्ठले सप्ताहव्यापी कार्यक्रममा करिब ४ लाख खर्च हुने उक्त खर्चको व्यवस्थापन केहि सहयोग रकमहरु उठ्ने र नपुग बाँकी रकम लेडी जेसीसहरुबाटै व्यवस्थापन हुने बताईन् । पत्रकार सम्मेलनमा महासचिव सजिता केसी,मुल कार्यक्रम संयोजक जेसी कविता पौडेल,सह मुल कार्यक्रम संयोजक जेसी डिलमाया घर्ती लगाएत लेडी जेसीहरुको उपस्थिति रहेको थियो ।