
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादसंग चेन्नई सुपर किङ्ग्स ६ विकेटले पराजित भएको छ । हैदराबादमा गएराति भएको खेलमा घरेलु टोलीले चेन्नईलाई ६ विकेटले राजित गरेकाे हाे । चेन्नईले जितका लागि दिएको १६६ रनको लक्ष्य हैदराबादले १९ ओभर एक बलमा भेट्टायो । हैदराबादका एडन मारक्रमले ५० रन बनाए ।
अभिषेक शर्माले ३७ रन जोडे । चेन्नईका मोइन अलीले दुई तथा महेश थिक्सना र दीपक चाहरले एक/एक विकेट लिए । त्यसअघि चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय ६५ रन बनाएको थियो । उसका शिवम दुवेले ४५ तथा अजिंक्या रहानेले ३५ रन बनाए । जितसँगै हैदराबादको चार खेलमा चार अङ्क भएको छ । हैदराबाद पाँचौ स्थानमा छ ।
त्यस्तै चार खेलमा चार अङ्क नै रहेको चेन्नई तेस्रो स्थानमा छ । आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे जयपुरमा शुरु हुनेछ ।