file photo

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ । आजै नेकपा एमालेबाट एक जनालाई मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गर्न लाग्नु भएको हो ।

file photo

मुख्यमन्त्री जम्कट्टेलले नेकपा एमालेबाट जगन्नाथ थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त गर्न लाग्नु भएको बुझिएको छ । स्रोतका अनुसार थपलियाको पद तथा गोपनीयताको शपथ आजै बेलुकी ६ बजे प्रदेश प्रमुख कार्यालयमा हुने छ ।

यसअघि २०७९ पुस २६ गते अर्थमन्त्री नियुक्त हुनु भएका थपलिया गठबन्धनमा फेरबदल भएसङै साढे २ महिनामै सरकार छोड्नु परेको थियो ।
चैत १० गते राजीनामा दिएर सरकारबाट बाहिरिनु भएका थपलियाले गठबन्धन फेरबदलकै कारण पुनः मन्त्री बन्ने अबसर पाउँदै हुनुहुन्छ । एमालेका एक सांसदका अनुसार आज एक जना मात्रै मन्त्री नियुक्त हुने र मुख्यमन्त्रीको विश्वासको मतपछि थप मन्त्रिपरिषद् विस्तार हुनेछ । मुख्यमन्त्रीले चैत १९ गते विश्वासको मत लिनुहुने भएको छ । बागमतीमा एमालेले नेपाली कांग्रेसले छोडेका ६ मध्ये ५ वटा मन्त्रालय दाबी गरेको छ । रिक्त ६ मध्ये चैत १५ गते हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य संस्कृति, पर्यटन तथा सहकारी मन्त्री भइसक्नु भएको छ ।