मकवानपुर । नेकपा एमाले मकवानपुरगढी गाउँपालिका ५ नम्बर वडा कमिटीको पुर्नगठन गरिएको छ । मंगलबार भएको वडा भेलाले सन्तोष घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो । पुनः घिमिरेकै अध्यक्षतामा २५ सदस्यीय कार्य समिति गठन भएको हो ।

यस्तै कमिटी उपाध्यक्षमा दिलकुमारी थिङ, सचिवमा रामप्रसाद तिमल्सिना, उपसचिवहरुमा अशोक बजगाईं र शिवराज तिमल्सिना चयन भएका छन् । अध्यक्ष घिमिरेको सभाध्यक्षता तथा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य बलराम बलको प्रमुख आतिथ्यतामा भेला भएको हो ।

भेलामा एमाले प्रदेश कमिटी सदस्य नवराज तिमल्सिना, एमाले मकवानपुर सचिवालय सदस्य तथा मकवानपुरगढी गाउँपालिका ईञ्चार्ज बिदुर हुमागाईं, एमाले मकवानपुर सचिवालय सदस्य मेम्बर लो, एमाले मकवानपुरगढी गाउँपालिका अध्यक्ष रामजी सापकोटा, अनेरास्ववियु मकवानपुरगढीका प्रभास घिमिरेलगायतको उपस्थिति थियो । एमालेले मकवानपुरका ८ वटा वडामा पार्टी कमिटी पुर्नगठन गरिसकेको छ ।