हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ मा मनमोहन स्मृति भवन उदघाटन गरिएको छ । नेकपा एमाले ८ नम्बर वडा कमिटीले सहयोग संकलन गरेर निर्माण गरेको भवन आज उद्घाटन गरिएको हो ।
कुल २० लाख रुपैयाँ लागतमा निर्माण गरिएको भवनको नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य गोपाल बहादुर श्रेष्ठले उद्घाटन् गर्नुभएको हो । एमाले जिल्ला कमिटीका सदस्य तथा भवन निर्माण समितिका संयोजक कुमार केसीले भवन निर्माणका विषयमा जानकारी गराउनु भएको थियो । उहाँले पाटीकार्यालयको रुपमा प्रयोग हुने उक्त मनमोहन अधिकारी स्मृति भवन पार्टी कार्यकर्ता एवम् शुभचिन्तकहरूको आर्थिक सहयोगबाट निर्माण गरिएको जानकारी दिनुभयो । उहाँले भवन निर्माणका क्रममा आर्थिकलगायत प्रत्यक्ष एवम् अप्रत्यक्ष रुपमा सहयोग पु¥याउनु हुने सम्पूर्णलाई ध्न्यवाद समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष एवम् बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, पाटी कार्यालय सचिव राजन थापा, जिल्ला सदस्यहरू यशोदाकुमारी उप्रेती, सानु लामा, दीपक खड्का, नरेन्द्र भण्डारी, आरती पाठक लगायतकाको उपस्थिति रहेको थियो ।