आज शेयर बजार परिसूचक नेप्से ९.३४ अंकले उकालो लागेको छ । नेप्से परिसूचक घटे पनि कारोबार रकम भने घटेको छ । मंगलबार १ अर्ब ८६ करोड १३ हजार ५ सय २६ रुपैयाँको कारोबार भएको छ । सोमबार २ अर्ब १ करोड ७७ लाखभन्दा बढीको कारोबार भएको थियो ।
मंगलबार १४३ कम्पनीको सेयरमूल्य बढेको छ भने २८९ को घटेको छ । कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ६ समूहको परिसूचक घटेको छ भने बाँकी ७ समूहको परिसूचक बढेको छ । यसअघि ६ दिन निरन्तर घटेको नेप्से सोमबार बल्ल सकारात्मक बनेको थियो । नेप्से सोमबार भने १३.२८ अंकले उकालो लागेको थियो ।