मकवानपुर । हेटौंडामा दुईदिने खेलकुद पत्रकारिता तालिम सम्पन्न भएकाे छ । खेलकुद पत्रकार मञ्च मकवानपुरको आयोजना तथा जिल्ला फुटबल संघ मकवानपुरको सहयोगमा बिहीबार र शुक्रबार तालिम भएको हाे ।
तालिममा फुटबल खेलका बिज्ञ सन्जिव मिश्र, रेडियो कान्तिपुरका स्टेसन म्यानेजर एवम् पत्रकार महासंघका सचिव पवन आचार्य, खेल पत्रकार प्रकाश तिमल्सिना, गोल नेपाल डटकमका सि.इ.ओ बिक्रम थापाले सहजिकरण गर्नु भएकाे थियाे । तालिममा फुटबल खेलको नियम, प्राबिधिक ज्ञान, फुटबलको सर्बव्यापी मान्यता, फुटबल खेलको रिपोर्टिङ, खेल पत्रकारिताबारे अनुभव र चुनौती लगाएत खेल पत्रकारिताका समग्र विषयमा सहजीकरण गरिएकाे थियाे । तालिममा मकवानपुरका ३७ जना कृयाशिल पत्रकारहरूकाे सहभागिता रहेकाे थियाे । समापनका अवसरमा उहाँहरूलाइ प्रमाणपत्रसमेत प्रदान गरिएकाे थियाे ।
खेलकुद पत्रकार मञ्च मकवानपुरका अध्यक्ष राजन दाहालको सभाध्यक्षतामा भएको समापन कार्यक्रममा फुटबल संघ मकवानपुरका अध्यक्ष एवं एन्फा केन्द्रीय सदस्य टिकाराम लामा, उपाध्यक्ष युवराज लामा, खेलकुद पत्रकार मञ्च मकवानपुरका उपाध्यक्ष सुवास बिडारी लगायतको उपस्थिति रहेको थियो ।