मकवानपुर । हेटौंडा उपमहानगरपालिका–४ नम्बर वडाको आयोजना खेलकुद प्रतियोगिता हुने भएको छ । ४ नम्बर वडाको आयोजना तथा शैक्षिक सुधार समितिको व्यवस्थापनमा प्रथम वडा स्तरीय खेलकुद प्रतियोगिता हुने भएको हो ।
शुक्रबार वडाले पत्रकार भेटघाटको आयोजना गर्दै आगामी माघ २६ र २७ गते हेटौंडाको हुप्राचौरमा वृहत खेलकुद प्रतियोगिता हुने जानकारी दिएको हो । ४ नम्बर वडामा रहेको सामुदायिक र सस्थागत विद्यालयका विद्यार्थीहरुको सहभागिता रहने प्रतियोगितामा माघ २५ गतेसम्म नाम दर्ता गराउनु पर्ने ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलले जानकारी दिनुभयो । प्रतियोगितामा एथलेटिक्स, रिलेदौड, लङ्गजम्प, ट्रिपल जम्प, सटपुट, भलिबल, फुटबल र क्रिकेटलगायतका खेलहरु हुने बताईएको छ ।
पत्रकार भेटघाटमा अध्यक्ष सिग्देलले विद्यालय स्तरबाटनै खेलाडीहरु उत्पादन गर्नसके मात्र खेलकुदलाई प्रबर्द्धन गर्न सकिने बताउनुभयो । प्रतियोगिताकामा विजेताहरुलाई प्रमाणपत्र मात्र वितरण गरिने उहँँले जानकारी दिनुभयो । कार्यक्रमको अन्त्यमा उत्कृष्ट विद्यालयलाई पुरस्कृत गरिने समेत बताईएको छ ।
खेलकुद प्रतियोगिता पश्चात वडाले जिल्ला स्तरीय शिक्षक भलिवल, शिक्षक उत्प्रेरणा तथा शैक्षिक अन्तक्रिया, ईसीडी शैक्षिक सामाग्री निर्माण तालिम लगाएतका कार्यक्रमहरु आयोजना गर्ने तयारीमा रहेको शैक्षिक सुधार समितिका अध्यक्ष श्रीराम दाहालले जानकारी दिनुभयो । वडाले यसअघि वृहत शैक्षिक प्रदर्शनी, नृत्य तथा गायन प्रतियोगिता सम्पन्न गरिसकेको छ ।











