file photo

काठमाडौँ – सरकारले यही जेठ १ गतेदेखि लागु हुने गरी हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हाललाई परीक्षणका रुपमा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभयो ।
हप्तामा दुई दिन सार्वजनिक बिदा दिने भएपछि कार्यालय समय बिहान साढे नौ बजेदेखि बेलुका साढे पाँच बजेसम्म कायम गरिएको मन्त्री कार्कीले बताउनुभयो । मन्त्रिपरिषद् बैठकले खानेपानी क्षेत्रको सुशासन र पूर्वाधार सहयोग आयोजनाका लागि विश्व बैङ्कबाट प्राप्त हुने ८० मिलियन डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता सम्बन्धी दस्ताबेजलाई अन्तिम रूप दिन अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने, आर्थिक वर्ष २०७८/७९ का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ३ हजार १ सय ६५ रुपैयाँ निर्धारण गर्ने लगायतका निर्णयहरू गरेको छ ।

जेठ १ गतेदेखि हप्तामा दुई दिने बिदा दिने सरकारको निर्णय(भिडियो ):