दक्षिण अफ्रिकामा भइरहेको यु-१९ विश्वकप क्रिकेटमा आज भइरहेको सुपर सिक्स अन्तर्गतको चौथो खेलमा नेपालले बंगलादेश सामु १७० रनको लक्ष्य प्रस्तुत गरेकाे छ । ४९औँ ओभरमा सबै विकेट गुमाउँदै नेपालले बंगलादेश सामु उक्त लक्ष्य दिएको हो ।
खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको थियो । नेपालका लागि बिशाल बिक्रम केसीले सर्वाधिक ४८ रन बनाएका थिए भने कप्तान देव खनालले ३५ रन बनाएका थिए । आज भएको खेलको पहिलो इनिङमा नेपालको तर्फबाट एउटा मात्रै छक्का प्रहार भएको थियो जुन दुर्गेश गुप्ताले प्रहार गरेका थिए । जम्मा ११ वटा चौका प्रहार भएको आजको खेलमा अतिरिक्त ३१ रन सहित जम्मा १६९ रन जोडिएको थियो ।