मकवानपुर – मकवानपुरमा आज थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा १०१ जनामा पिसिआर र १०६ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ४१ जना र ४० जना गरि थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ ।
आज संक्रमण पुष्टि भएका मध्ये हेटौंडा उपमहानगरपालिकाका ५९ जना, थाहा नगरपालिकाका ९ जना, मनहरी गाउँपािलकाका १० जना, भीमफेदी गाउँपािलकाका २ जना र राक्सिराङका एक जना रहेका छन् । योसंगै जिल्लामा हाल सकृय संक्रमितको संख्या १ हजार १७ रहेका छन् । जसमध्ये १ हजार सात जना होम आइसोलेसनमा र १० जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् ।
यस्तै जिल्लामा आज थप थप २४६ जना संक्रमणमुक्त भएका छन् । होम आइसोलेसन उपचाररत २४० जना र संस्थागत आइसोलेसनमा उपचाररत ६ जना संक्रमणुक्त भएको कार्यालयले जनाएको छ । संक्रमणमुक्त हुनेमा हेटौंडा उपमहानगरपालिकाका १६४ जना, मनहरी गाउँपालिकाका ३८ जना, थाहा नगरपालिकाका २० जना, मकवानपुरगढी गाउँपालिकाका १४ जना र बकैया गाउँपालिकाका १० जना रहेका छन् ।