हेटौंडा । नेकपा एमाले हेटौंडा–९, निर्वाचन परिचालन कमिटीले मंगलबार जनबर्गिय संगठनहरुको भेला सम्पन्न गरेको छ । निर्वाचन परिचालन कमिटी हेटौंडा–९, का संयोजक नरेन्द्र भण्डारीको अध्यक्षता तथा मकवानपुर क्षेत्र नम्बर–१, निर्वाचन परिचालन कमिटीका संयोजक एवम् एमाले बागमती प्रदेश कमिटी सदस्य रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो ।

भेलालाई नेकपा एमालेबाट मकवानपुर जिल्ला क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कमल थापा र क्षेत्र नम्बर १ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार एकालाल श्रेष्ठले सम्बोधन गर्नुभएको थियो । भेलालाई सम्बोधन गर्दै नेता थापाले देशका लागि काम गर्ने पार्टी एमाले मात्र भएको बताउनुभयो । उहाँले रास्ट्रवादी र स्वाभिमानी सरकार बनाउन केपि ओलिको सरकार आवश्यक रहेको बताउनुभयो । उहाँले मुलुकको स्पष्ट नेतृत्व कसले लिने भन्ने निर्णय बिनै चुनाव होमिएकाहरुको नेतृत्वले अस्थिर सरकार बने देश र जनताका लागि घातक हुने बताउनुभयो । केही नेताहरुको अकर्मण्यताका कारण देश बिदेशीको क्रीडा स्थान बन्ने प्राय निश्चित भएको र देशको आर्थिक अबस्था जर्जर भइ श्रीलंकाको झै अवस्था बन्ने निश्चित रहेकाले लोकतन्त्रमा दलको सेन्डिकेटले लोकतन्त्रनै दुर्घटनामा पर्ने सम्भावना रहेको थापाले बताउनुभयो ।

No description available.

कार्यक्रममा प्रदेशसभा सदस्य उम्मेदवार श्रेष्ठले जनताको राष्ट्र निर्माणको आकांक्षालाई पूरा गर्न र जनताको सार्वभौम सत्ता स्थापित गर्न एमालेको सरकार अपरिहार्य रहेको बताउनुभयो । घोषणापत्रको खात बोकेर झुट्को खेती र पैसाले भोट किन्न तल्लीन भएकाहरुले जनताको सेवा गर्न नसक्ने निश्चित भएकाले देश र जनताका लागि सुर्य घोजाबहाक उमेदवारको जीत आवश्यक रहेको बताउनुभयो । देश विकासको योजना र दृष्टिकोण एमाले बाहेक अरू कुनै पार्टी संग नभएको भन्दै उहाँले एमालेसँग मात्र यो देशलाई कसरी समृद्ध बनाउने भन्ने योजना रहेको उल्लेख गर्नुभयो ।

No description available.