हेटौंडा । रगतको अभाब खड्किदै गइरहेको समयमा हेटौंडामा आयोजित रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् । शनिवार मकवानपुर घर जग्गा व्यवसायी संघको पहिलो बिशेष साधारण सभाको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका हुन् ।
घर जग्गा व्यवासयी संघ मकवानपुरको अध्यक्ष कमलराज मैनालीको अध्यक्षतामा कार्यक्रम भएको हो । संघका उपाध्यक्ष पवनराज तिमल्सिनाले स्वागत गरेको कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, मकवानपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष प्रमोदसिंह रानाभाट, कपडा तथा तयारी पोशाक व्यवसायी संघका अध्यक्ष नेत्रप्रसाद खतिवडा, हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष रबिन्द्र घिमिरे, घरजग्गा व्यवसायी संघका सल्लाहकार हेमप्रसाद अघिकारी लगायतको आतिथ्यता रहेको थियो ।