कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले शपथ ग्रहण गर्नुभएको छ । मंगलबार प्रदेशसभाबाट निर्वाचित भए लगतै विष्टले प्रदेश प्रमुख परशुराम खापुङबाट पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको हो ।
राप्रपा समानुपातिक सांसद विष्ट सत्तारुढ गठबन्धन दल र नेकपा एमालेको समर्थनमा सभामुख बन्नुभएको हो । सभामुखको शपथग्रहण समारोहमा मुख्यमन्त्री केदार कार्की, उपसभामुख सृजना दनुवारलगायत उपस्थित हुनुहुन्थ्यो । सभामुख विष्टले सबै दलसँग समन्वय गरेर काम गर्ने बताउनुभयो । निर्वाचित भएपछि उहाँले भन्नुभयो, ‘सबै दलका नेताहरुसँग समन्वय गरेर प्रदेशलाई अगाडि बढाउँछु ।’