माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको लागि नेकपा एमालेले बागमती प्रदेशमा उम्मेदवार टुङ्गो लगाएको छ । एमालेले क्लस्टर अनुसार दोलाकी रोच कुमारी चौँलागाई, काठमाडौँका विवेक देवकोटा, धादिङका ध्रुव विश्वकर्मा र चितवनका त्रिलोचन निर्मल पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
राष्ट्रिय सभाको निर्वाचनको लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ । गठबन्धनको कारणले कुनै सिट जित्ने सम्भावना नभएपनि आफ्नो मतको रक्षाको लागि एमालेले १९ सिटमै उम्मेदवारी दिने तयारी गरेको छ ।