प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले ६ जनालाई केन्द्रीय कमिटीमा मनोनीत गरेको छ । पार्टीको शुक्रबार बसेको सचिवालय बैठकले ६ केन्द्रीय सदस्य थप गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिनुभयाे ।
बैठकको निर्णय जानकारी गराउँदै पोखरेले तुलसी न्यौपाने, केशव पाण्डे, दामोदर भण्डारी, रामअवतार यादव, विनोद शाह र दिपक कार्कीलाई केन्द्रीय सदस्य मनोनीत गरिएको जानकारी दिनुभयाे । कार्कीबाहेक सबै पूर्व प्रदेश अध्यक्ष भएर जिम्मेवारी सम्हाली सक्नु भएकाे छ । कार्कीले झापा जिल्ला अध्यक्ष भएर काम गरिसकेको उहाँले बताउनुभयाे ।