फाइल तस्विर

नेपालमा पछिल्लाे २४ घण्टामा एक सय ८६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार २४ घण्टामा एक सय ८६ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा सङ्क्रमितकाे कुल सङ्ख्या १७ हजार आठ सय ४४ पुगेको छ । सङ्क्रमितमध्ये ११ हजार आठ सय ६८ जना निको भएर फर्किसकेकोले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार नाै सय ३६ मात्रै रहेको छ ।

२४ घण्टामा एक सय ७३ जना निको भएर डिस्चार्ज भएका छन् । नेपालमा सङ्क्रमण पुष्टि भएकामध्ये ६६ दशमलव ५१ प्रतिशत निको भएर घर फर्किइसकेका छन् । अहिले प्रदेश एकमा ९१ जना, प्रदेश दुईमा एक हजार नौ सय ३३ जना, वाग्मतीमा तीन सय ९९ जना, गण्डकीमा तीन सय ८४ जना, प्रदेश ५ मा चार सय १० जना, कर्णालीमा दुई सय १० जना र सुदूरपश्चिममा दुई हजार चार सय १८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।