हेटौंडा – नेकपा एमालेको जनवर्गिय संगठन नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) हेटौंडाको अध्यक्षमा भक्त बहादुर केसी सर्वसम्मत चयन हुनुभएको छ । शनिबार सम्पन्न प्रथम नगर अधिवेशनबाट केसीको अध्यक्षतामा २२ सदस्य कमिटी सर्बसम्मत चयन गरेको हो ।
कमिटीको उपाध्यक्षमा नारायण पौडेल, सचिवमा तीर्थ कुमारी खड्का, कोषाध्यक्षमा दुर्गा महत तथा उपसचिवमा राजु चौलागाई चयन हुनु भएको छ । यस्तै सदस्यहरुमा शिवजी थापा, रुकमिणी सापकोटा, देवी खड्का, बुद्धिमान थिङ, भरत मगर, युनिका बोहरा, शिवबहादुर थापा, गोपी अधिकारी, होमबहादुर थापा, दलबहादुर देउला, गोपिनी श्रैष्ठ, दिपेन्द्र श्रेष्ठ, चन्द्र प्रसाद ढकाल, रामकृष्ण सापकोटा, खड्ग बहनदुर कार्की, उर्मिला थापा र कृष्ण विक चयन हनु भएको छ । ३१ सदस्य रहेने नगर कमिटीमा अधिवेशनबाट पदाधिकारीहरुसहित २२ सदस्य चयन गरिएको र ९ जना सदस्यहरु सबै क्षेत्रबाट समेटिने गरी मनोनित गरिने नवनिर्वाचित अध्यक्ष केसीले जानकारी दिनुभयो ।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन मकवानपुरका उपाध्यक्ष तथा हेटौंडा नगर इन्चार्ज रामकेदार बस्नेतको सभाध्यक्षतामा भएको नगर अधिवेशनमा एमाले बागमती प्रदेश सदस्य रघुनाथ खुलालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा एमाले प्रदेश सदस्य सम्राट तुम्बाहाम्फे, नेपोनका केन्द्रिय सचिव सुधिर थापा, नेकपा एमाले मकवानपुरका सचिवालय सदस्य इश्वर ढुङ्गाना, जिल्ला सदस्य सन्तोष पौडेल, सरस्वती दाहाल, पार्टी नगर अध्यक्ष सालिकराम पुडासैनी, नेपोन मकवानपुरका जिल्ला अध्यक्ष शिव थापा लगायतकाको आतिथ्यता रहेको थियो ।











