मकवानपुर । मकवानपुर प्रहरीले कटुवा पेस्तोलसहित दुईजनालाई पक्राउ गरेकाे छ । प्रहरीले जिल्लाको राक्सिराङ गाउँपालिका–२ बस्ने २६ वर्षीय लालकुमार तितुङ र १९ वर्षीय ज्ञानबहादुर स्याङ्तानलाई पक्राउ गरेकाे हाे ।
उनिहरूलाई मनहरी-९ बाट कटुवा पेस्तोल एकथान र बारुद भरेको दुई वटा फलामको खोकासहित पक्राउ गरेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयाे । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले हरियाली सामुदायिक वनमा खरङ्गाबाट राक्सिराङ आउँदै गरेको बा ४१ प २८१८ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा दुवैजनाको साथबाट पेस्तोल र बारुद बरामद गरेको जनाएकाे छ । पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।