हेटाैंडा– कोरोनाका कारण नेपालमा पछिल्लो २४ घण्टामा ९ जनाको ज्यान गएको छ । योसँगै नेपालमा अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४६ पुगेको छ ।
नियमित प्रेस बिफ्रिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेशवर गौतमले पछिल्लो २४ घण्टामा सुनसरीमा ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुषको ज्यान गएको जानकारी दिनुभयो । यस्तै, पर्सामा तीन जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा ६१ वर्ष, ५८ र ४८ वर्षका पुरुष रहेको उहाँले जानकारी दिनुभयो । त्यसैगरी, बारामा ५८ वर्षका पुरुष, सिरहामा ६८ वर्षका परुष, मकवानपुरमा ५६ वर्षका पुरुष र भक्तपुर ७३ वर्षका पुरुषको ज्यान गएको उहाँले बताउनुभयो ।