हेटौंडा– नेपालमा पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नियमित प्रेस बिफ्रिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेशवर गौतमले आज काठमाण्डौ उपत्यकामा मात्रै २१६ जना सङ्क्रमित थपिएको जानकारी दिनुभयो । आज काठमाण्डौमा १६०, भक्तपुरमा ५० र ललितपुरमा ६ जना सङ्क्रमित थपिएको उहाँले जानकारी दिनुभयो ।
यस्तै पछिल्लो २४ घण्टामा १३६ जना उपचार पछि निको भएर घर फर्किएका छन् । यो सँगै निको हुनेको संख्या १८ हजार ३ सय ५० पुगेको छ । आज १२ हजार ५ सय १९ जनाको पीसीआर विधिबाट परीक्षण भएको पनि गौतमले बताउनुभयो । यस्तै अहिले देशभर ११ हजार ६ सय ५८ जना क्वरेन्टीनमा छन् ।