मकवानपुर । मकवानपुरकाे हेटौंडा टिसिएनचौरमा जारी बृहत् खेलकुद तथा ब्यापार महोत्सवमा नेपाल सितोरियो कराते प्रतियोगिताकाे फाइनल खेल भएको छ । नगरस्तरीय प्रतियोगितामा महिला र पुरुषतर्फ ५०, ४५, ५०, ५५ र ६० किलो तौल समूहमा प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगिताको बिधागत उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । सितोरियो कराते संघका अध्यक्ष दीपक लामाको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटनमा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्कीको प्रमुख आतिथ्यता रहेको थियो ।
विजेताहरुलाई नेकपा एमालेका नेता सघीय सासद महेशकुमार बर्तौलाले पुरस्कार तथा ट्रफि वितरण गरे । कार्यक्रममा खेलकुद विकास समितिका पूर्व अध्यक्ष सानु लामा, कार्यालय प्रमुख माधव कोइराला मकवानपुर जिल्ला फुटबल संघका सचिव सुनिल लोप्चन लगायतको आतिथ्यता रहेको थियो ।
सितोरियो कराते संघका अध्यक्ष दीपक लामाले खेलकुद महोत्सवमा करातेका खेलाडीले पनि आफ्नो खेल कौशल देखाउन पाउँदा खुसी व्यक्त गरे । महाेत्सवले कला प्रदर्शनकाे अवसर दिएकाे भन्दै आयाेजक प्रति आभार व्यक्त गरे ।
महोत्सव आयोजक समितिका संयोजक खेलकुद विकास समिति अध्यक्ष खड्कीले करातेको खेलका सहभागीलाई धन्यवाद ज्ञापन गरे । करातेमा करिब ५० जना भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो । १७ गतेसम्म सन्चालन हुने महोत्सवमा दैनिक विभिन्न बिधाको खेल सन्चालन भैरहेको छ । जिल्लाको खेल क्षेत्रको विकास गर्ने उधेश्यसहित आयोजित महोत्सवमा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारको प्रश्तुती समेत भैरहेको छ ।