मकवानपुर । मकवानपुर प्रहरीले ८८ केजी लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेकाे छ । प्रहरीले बुधबार बिहान प्रहरीचाैकी राताेमाटेबाट लागुऔषध गाँजासहित थाहा नगरपालिका–५ फुक्रेटोल बस्ने वर्ष २५ का सबिन कुमार गुरुङलाई पक्राउ गरेकाे हाे ।
पूर्व पश्चिम लोकमार्ग अन्तरगत रातोमाटे प्रहरी चेकपोष्ट अगाडी बिशेष सुचनाको आधारमा नारायणघाटबाट राजबिराजतर्फ जादै गरेको ना ८ ख ७५०४ नम्बरको ट्रक (कन्टेनर) लाई रोकी चेकजाँच गर्ने क्रममा ट्रक चालक गुरुङलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । प्रहरीले रित पुर्वक खानतलासी पुर्जी दिई निजको शरीर तथा ट्रकसमेतको खानतलासी गर्दा ट्रकको डब्बामा लुकाई छिपाई राखेको अवस्थामा ८८ केजी ३९० ग्राम लागू औषध गाँजा फेला परेको प्रहरीले जनाएकाे छ । लागू औषध, ट्रक सहित गुरुङलाई नियन्त्रणमा लिइ जिल्ला अदालत मकवानपुरबाट ५ दिनको म्याद थप गराइ अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएकाे छ ।