dav

हेटौंडा । अख्तियार दुरूपयाेग अनुसंधान आयाेगले ५ लाख रुपैयाँ घुस रकमसहित बाराबाट एकजना वडा अध्यक्षलाई पक्राउ गरेकाे छ । अख्तियार दुरूपयाेग अनुसंधान आयाेग हेटौंडाको टोलि जितपुरसिमरा उपमहानगरपालिका–३ का वडाध्यक्ष ताराबहादुर कार्कीलाई पाँच लाख रुपैयाँ घुस रकमसहित साेमबार पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले वडाध्यक्ष कार्कीलाई बाटो सिफारिसका लागि सेवाग्राहीसँग घुस रकम लिइरहेको अवस्थामा पक्राउ गरिएकाे अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताउनुभयाे । कार्कीलाई जितपुरसिमरा उपमहानगरपालिका–७ बाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएकाे छ ।