मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेटौंडास्थित मानव सेवा आश्रमको केन्द्रीय कार्यलयको नवनिर्मित भवन उद्घाटन गर्नुभएको छ । आश्रमको हेटौंडा–९ लामसुरेधापस्थित केन्द्रीय कार्यलयको नवनिर्मित भवन शनिबार उद्घाटन गर्नुभएको हो ।
बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर सहयोगापेक्षीको आश्रय र सेवाका क्षेत्रमा काम गर्दै आएको मानव सेवा आश्रमले हेटौँडा–९ लामसुरेधापमा आफ्नै भवन निर्माण गरेको छ । करिब रु १४ करोड लागतमा निर्मित उक्त भवनको प्रधानमन्त्री ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको हो ।
२०६९ भदौ १३ मा स्थापना भएको मानवसेवा आश्रम हेटौंडामा हाल २५ जना बालबालिका, ९५ जना महिला र एक सय जना पुरुष गरी २२० जना आश्रित रहेका छन् । मानवसेवा आश्रमका हाल सातै प्रदेशको १९ जिल्लामा २४ वटा शाखा कार्यालयहरुमा एक हजार ७ सय जना आश्रित रहेका छन् ।