हेटौँडा । नेकपा एमालेको ‘मिसन ग्रासरुट’ अभियान मकवानपुरमा पनि सुरु भएको छ । बसधबार मकवानपुरमा भएको एमालेको बिस्तारित बैठकलबाट अभियानको सुरुवात भएको हो ।

No description available.

ग्रासरुट अभियानलाई सफल बनाउन विस्तारित बैठकले फागुन १५ गतेभित्र पालिका कमिटि तथा फागुन २० गतेभित्र जनसंगठनको बैठक सक्ने निर्णय गरेको छ । ग्रासरुट अभियानलाई सफल बनाउन सम्पूर्ण जिल्ला कमिटि सदस्यहरुलाई जिम्मेवारी समेत दिईएको छ भने केन्द्र र प्रदेश कमिटिका जिम्मेवारी प्राप्त नेताहरुसँग समन्वय गरेर अभियानलाई थप शसक्त बनाउने निर्णय भएको एमाले मकवानपुरका जिल्ला अध्यक्ष तथा बागमती प्रदेशका श्रम,रोजगार तथा यातायात मन्त्री एका लाल श्रेष्ठले बताए ।
एमालेलाई अन्य शक्तिले समिकरण गर्दा समेत हराउन नसक्ने शक्ति बनाउनको लागि ग्रासरुट अभियानले सहयोग गर्ने बताउँदै अध्यक्ष श्रेष्ठले ग्रासरुट अभियानलाई एमालेले उत्सवको रुपमा सम्पन्न गर्ने बताए । एमाले अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा एमालेका केन्द्रीय नेतृत्वहरु काशिनाथ अधिकारी, देवि ज्ञावली, जुनेली श्रेष्ठ ,खेम लोहनी , कमल जङ्ग दनुवार , बालीका गिरि, भारती पाठक लगाएतका नेताहरुको सहभागिता रहेको थियो । बैठकमा केन्द्रीय नेतृत्वले ग्रासरुट अभियानको महत्वको बारेमा जिल्ला तथा प्रदेश तहका नेताहरुलाई प्रशिक्षण दिएका थिए ।