एसीसी १९ वर्षमुनिकाे एसिया कप क्रिकेटकाे सेमिफाइनल समीकरण पूरा भएकाे छ । आज बुधवार भएकाे समूह चरणकाे दुई वटा खेलबाट बङ्ग्लादेश र यूएई सेमिफाइनलमा पुगे । याेसँगै अन्तिम चारमा पुग्ने टाेलीकाे टुङ्गाे लागेकाे हाे ।
फाइनल प्रवेशका लागि पहिलाे सेमिफाइनलमा पाकिस्तान र यूएई खेल्ने भएका छन् । पाकिस्तान समूह ‘ए’ काे विजेता र यूएई समूह ‘बी’ काे उपविजेता हाे । यस्तै दाेस्राे सेमिफाइनलमा समूह ‘ए’ काे उपविजेता भारत र समूह ‘बी’ काे विजेता बङ्ग्लादेश खेल्ने भएका छन् ।
आज दुबईकाे एसीसी एकेडेमीमा भएकाे खेलमा बङ्ग्लादेशले श्रीलङ्कालाई ६ विकेटले हरायाे । श्रीलङ्काले दिएकाे दुई सय रनकाे लक्ष्य बङ्ग्लादेशले ४० ओभर ५ बलमा ४ विकेट गुमाएर भेटायाे ।
यस्तै आईसीसी एकेडेमी ग्राउन्ड–२ मा भएकाे खेलमा यूएईले जापानलाई १ सय ७ रनले हरायाे । यूएईले दिएकाे ३ सय २१ रनकाे लक्ष्य पछ्याएकाे जापानले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर २ सय १३ रनमात्र बनाउन सक्याे । प्रतियाेगिताकाे सेमिफाइनल खेल आउँदाे शुक्रवार हुनेछ भने फाइनल खेल आउँदाे आइतवार हुनेछ ।