बाराको सिम्रौनगढ नगरपालिकामा आन्दोलनरत शिक्षक–कर्मचारी र प्रहरीबीच झडप हुँदा एक जनाको ज्यान गएको छ । झडपलाई सामान्य बनाउने भन्दै प्रहरीले हवाई फायर गर्दा गोली लागेर घाइते भएका सिम्रौनगढ नगरपालिका १ का २५ वर्षीय लक्ष्मी मुखिया विनको उपचारका क्रममा नारायणी अस्पतालमा आज बुधवार ज्यान गएको हो ।
झडपका क्रममा प्रहरीसहित अरू केही प्रदर्शनकारी घाइते भएका प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेले बताउनुभयो । प्रहरीले ३० राउन्ड अश्रु ग्यास र २० राउन्ड हवाई फायर गरेको थियो । कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत महेश मिश्रको बा २ झ ४३५४ नम्बरको गाडीमा तोडफोडसमेत गरेका छन् ।
नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकले लामो समयदेखि तलब नपाएको भन्दै आन्दोलन गर्दै आएका छन् । नगरपालिकामा नगरसभाका विषयमा भएको जनप्रतिनिधिबीचको विवादले कर्मचारीले तलब–भत्ता पाउन नसकेका हुन् ।
Home प्रदेश मधेश प्रदेश बाराकाे सिम्राैनगढमा झडप : प्रहरीकाे गाेली लागेर घाइते भएका एक जनाकाे ज्यान...