मकवानपुर । मकवानपुर क्षेत्र नम्बर २ का सांसद एवम् नेकपा एमालेका सचेतक महेश बर्तौलाले आफ्नो क्षेत्रमा पर्ने दुई आयोजनाको काम छिटो सम्पन्न गर्न निर्माण व्यवसायिलाई निर्देशन दिनुभएको छ । निर्माण व्यवसायिलाई बुधबार एमाले संसदीय दलको कार्यालय, सिंहदरबारमा बोलाएर काम छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको हो ।
सांसद बर्तौलाले मकवानपुर क्षेत्र नम्बर २ अन्तरगत इन्द्रसरोवर गाउँपालिका–४ स्थित वीर फाखेल मैत्री पार्क र हेटौंडा काठमाडौ छोटो मार्गको मातातिर्थ–चखेल सडक खण्डको काम छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको उहाँकाे सचिवालयले जनाएकाे छ ।
वीर फाखेल मैत्री पार्क लामो सय अघिनै ठेक्का सम्झौता भइ कार्य प्रारम्भ भएको भए पनि कामले गति लिन सकेको छैन । भने, मातातिर्थ–चखेल सडक खण्डको कामले पनि गति लिन सकेको छैन् । दुबै परियोजना एउटै निर्माण व्यवसायी शिव चौलागाईंलाईलाई ठेक्का परेको छ । सांसद बर्तौलाले उनै निर्माण व्यवसायी चौलागाईंलाई आज संसदिय दलको कार्यालयमा बोलाएर उच्च रफ्तारमा काम सम्पन्न गर्न निर्देशन दिनुभएको हो । सो क्रममा व्यवसायि चौलागाईले कामको सेड्युल बनाएरै आफुले छिटो भन्दा छिटो काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको उहाँकाे सचिवालयले जनाएकाे छ ।