हेटौंडा १५ मंसिर / सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा पशुपतिनगरकाे आयाेजनामा स्वागत तथा समुदाय प्रहरी साझेदारी कार्यक्रमकाे प्रभावकारीता सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।
केन्द्रका अध्यक्ष तथा सामुदाय प्रहरी साझेदारीका जिल्ला सदस्य राम बिष्टको अध्यक्षतामा भएकाे कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा समुदाय प्रहरी साझेदारीका जिल्ला सह- संयाेजक प्रहरी उपरीक्षक सिताराम रिजालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि रिजालले समाज परिवर्तनमा प्रहरी मात्रको एकल प्रयासले सम्भव नहुने भएकाेले नागरिकको सहभागीता अपरिहार्य भएकाे हुनाले सामुदायिक सेवा केन्द्रकाे भुमिकाे प्रशंसा गर्दै चर्चा गर्नुभएकाे थियो ।अन्तरक्रियामा उठेका जिज्ञासाहरूकाे प्रहरी प्रमुखले सम्बाेधन गर्नुभएको थियो ।उक्त अवसरमा आफ्नो भनाइ राख्दै सभाध्यक्ष बिष्टले काठमाडौ महानगरपालिकाकाे आर्थिक सहयाेगमा धार्मिक भ्रमण तथा सामुदायिक अवलाेकन गर्नकाे लागि आउने हुने १३० जनालाई धन्यवाद दिनुहुदै पुरानो बस पार्क सामुदायिक पदाधिकारी ,कार्यसमिति सदस्य ,पुर्व अध्यक्ष ,जेष्ठ नागरिकहरूलाई स्वागत गर्दै केन्द्रकाे स्थापना देखि हाल सम्मकाे महत्त्वपूर्ण कार्यकाे चर्चा गर्नु भएकाे थियो । उक्त अवसरमा अध्यक्ष बिष्टले सामुदायिककाे वर्तमान अवस्थामा आइपर्ने चुनौतीका विषयमा चर्चा गर्नुभएको थियाे ।साेही कार्यक्रममा काठमाडौ -२८ पुरानो बसपार्कका अध्यक्ष एवम् कार्यक्रमका विशिष्ट अतिथि कमरूदिन मियाले हाल गरिरहेकाे केन्द्रले गरेको गतिविधि बारेमा जानकारी गराउनु भएकाे थियो भने सामुदायिक सेवा केन्द्र मकवानपुरलाई काठमाडौ भ्रमणको लागि आमन्त्रण गर्नु भएकाे थियो
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारी ,ईलाका प्रहरी कार्यालय पशुपतिनगरका निमित्त प्रमुख सुन्दर कार्की दुबै केन्द्रका पदाधिकारी ,कार्यसमिति सदस्य ,पुर्व अध्यक्ष ,स्वयसेविका ,जेष्ठ नागरिक लगाएतकाे उपस्थिति रहेको थियो ।