हेटौंडा । बागमती प्रदेशको संसदीय समितिको सभापति चयनका गर्ने बिषयमा छलफल गर्न सर्वदलीय बैठक आव्हान गरिएको छ । समितिको सभापति चयनका विषयमा छलफल गर्न मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आगामी मंसिर १७ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गर्नु भएको हो ।
बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडामा प्रदेशका मन्त्रीहरुसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले सर्वदलीय बैठक आह्वान गनुर््भएको हो । लामो समयसम्म सभापति विहिन रहेको प्रदेश सभा समितिलाई पूर्णता दिनका लागि सर्वदलीय बैठक आह्वान गरिएको हो ।प्रदेशको वर्तमान राजनीतिक अवस्था र संसदीय समितिको विषयमा छलफलका लागि बैठक आह्वान गरिएको एक मन्त्रीले जानकारी दिनुभयो ।
बागमती प्रदेश सभामा प्रदेश मामिला, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा स्वास्थ्य तथा कृषि समिति र उद्योग पर्यटन तथा वातावरण समिति गरी पाँचवटा समितिहरु रहेका छन् । समितिको सभापतिमा सबै राजनीतिक दलहरुको आ–आफ्नै दाबी रहँदा सभापति चयनको बिषय नै पेचिलो र अन्र्याल बन्दै गएको छ । यता मुख्यमन्त्री जम्मट्टेल प्रदेशमा रहेका सात राजनीतिक दलहरुलाई नै भाग पुर्याउने उदेश्यले दुईवटा समिति थप्ने तयारीमा रहेको समेत चर्चा रहेको छ । यद्यपी, हाल उक्त बिषयको छलफल सुरु नभएको उहाँको दाबी छ ।