आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई ३ सय २७ रनकाे लक्ष्य दिएकाे छ । काेलकाताकाे इडेन गार्डेन्समा टस जितेर ब्याटिङ गरेकाे भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय २६ रन बनायाे ।
भारतका विराट काेहलीले नटआउट शतक बनाए । उनले १ सय २१ बलमा १ सय १ रन जाेडे । यस्तै श्रेयस अय्यरले ७७ र कप्तान राेहित शर्माले ४० रन बनाए । बलिङतर्फ दक्षिण अफ्रिकाका लुङ्गी एनगिडी, मार्काे जेनसेन, कागिसाे रबाडा, केशव महाराज र तबरिज शाम्सीले समान १ विकेट लिए ।
भारत र दक्षिण अफ्रिका यसअघि नै विश्वकपकाे सेमिफाइनलमा पुगिसकेका छन् । भारत ७ खेलमा १४ अङ्कका साथ तालिकाकाे शीर्ष स्थानमा छ । दक्षिण अफ्रिका उति नै खेलमा १२ अङ्कसहित दाेस्राे स्थानमा छ ।