हेटौंडा । रोटरी क्लब अफ हेटौडा र रोट्र्याक्ट क्लब अफ हेटौडाको संयुक्त आयोजनामा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–३ हाडिखोलामा एकदिने निःशुल्क दन्त शिविर आज सम्पन्न भएको छ ।
रोटरी कम्युनिटी कर्प्स आरसिसिको स्थानिय समन्वय र मनहरी ३ हाडिखोला वडा कार्यालयको संयोजनमा सन्चालित उक्त कार्यक्रममा बालाबालिकदेखी ८५ वर्षसम्मका बृद्धबृद्धाहरु सहित १८५ जना स्थानिय बासिन्दाहरुले दन्त परिक्षण गराउनुभएको थियो ।
विरामिको आवस्यकता अनुसार निःशुल्क औषधि पनि वितरण गरिएको थियो । एभरेष्ट डेन्टल क्लिनिक र पुजा दात घरको प्राविधिक सहयोग र डाक्टर मनोज कुमार उपाध्यायको नेतृत्वमा ५ जना दन्त चिकित्सकहरुले दन्त परिक्षण गर्नुभएको थियो । उक्त शिबिरमा बालबालिका देखि ८५ वर्षसम्मको बृद्धबृद्धाहरुको दातको जाँच गरिएको थियो ।