प्रतिकारात्मक तस्विर

मकवानपुर । मकवानपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएकाे छ । मकवानपुरकाे थाहा नगरपालिका-१ कुन्छालमा शनिबार बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएकाे हाे ।
दुर्घटनामा परी नुवाकोटको बेलकोटगढी नगरपालिका-५ बस्ने ४२ वर्षीय दीप श्रेष्ठको मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना६ख ३९८७ नम्बरको कन्टेनर त्रिभुवन राजपथ सडक खण्डअन्तर्गतको कुन्छालमा अनियन्त्रित भई सडकबाट करीब ५० मिटर तल खसी दुर्घटना हुँदा श्रेष्ठको दुर्घटनास्थलमै मृत्यु भएको भण्डारीले बताउनुभयो । घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।