आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा इङ्ल्यान्डले न्युजिल्यान्डलाई २ सय ८३ रनकाे लक्ष्य दिएकाे छ । अहमदाबादमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे इङ्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८२ रन बनायाे ।
इङ्ल्यान्डका लागि जाेए रुटले सर्वाधिक ७७ रन बनाए । यस्तै कप्तान जाेस बटलरले ४३ र जाेनी बेयर्स्टाेले ३३ रन बनाए । बलिङतर्फ न्युजिल्यान्डका म्याट हेनरीले ३ तथा मिचेल स्यान्टनर र ग्लेन फिलिप्सले समान २ विकेट लिए । इङ्ल्यान्ड अघिल्लो संस्करण सन् २०१९ को विजेता र न्युजिल्यान्ड उपविजेता हो । १३ औँ संस्करणकाे प्रतियाेगिता आज बिहीवारदेखि शुरु भएकाे हाे । आजदेखि शुरु भएकाे विश्वकप आउँदो नोभेम्बर १९ तारिखसम्म ४६ दिन चल्नेछ ।











