मकवानपुर– राष्ट्रपति विद्यादेवी भण्डारी आगामी माघ १४ गते हेटौंडा आउनुहुने भएको छ । बागमती प्रदेश सरकार र सहिद स्मारक विकास समिति हेटौंडाले माघ १० देखि १६ गते सम्म मनाउन लागेको सहिद सप्ताहको कार्यक्रममा सहभागि हुन उहाँ हेटौंडा आउन लाग्नुभएको हो ।
सप्ताहव्यापी रुपमा मनाउने कार्यक्रममा राष्ट्रपति भण्डारीले १४ गते हेटौंडाको सहिद स्मारकमा निर्माण सम्पन्न प्रजातान्त्रिक पार्क र सहिद स्मारकको रजत स्तम्भ अनावरण गर्नुका साथै ऐतिहासिक मकवानपुरगढीमा झन्डोत्तलन र सेतो हात्तिको मुर्ति अनावरण गर्ने कार्यक्रम रहेको छ । सहिद स्मारक विकास समितीका अध्यक्ष समेत रहनुभएका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले सहिद सप्ताह भव्य रुपमा मनाउने तयारी गरेको बताउनुभएको छ । बिहीबार मुख्यमन्त्री पौडेलको अध्यक्षतामा बसेको बैठकले सप्ताहव्यापी कार्यक्रम गरेर दिवश प्रभावकारी रपमा मनाउने निर्णय गरेको हो । उहाँले सप्ताहव्यापी कार्यक्रमलाई पर्यटन वर्षसंग जोडे लैजाने समेत बताउनुभयो ।
यस वाहेक प्रदेश सरकार, जिल्ला समन्वय समिति मकवानपुर र हेटौंडा उपमहानगरपालिकासंग समन्वय गरेर स्मारक विकास समितिले संयुक्त रुपमा कार्यक्रम आयोजना गर्न लागेको हो । सप्ताहव्यापी कार्यक्रम अनुसार स्मारक विकास समितिले स्लो म्याराथुन, सहिदको बलीदानी र हाम्रो भुमिका विषयक कलेज स्तरीय वक्तित्वकला प्रतियोगिता, विभिन्न साहित्यकि कार्यक्रम, राष्ट्रिय स्तरका कलाकालको सांस्कृतिक कार्यक्रम, स्थानीय जातजातीको मौलीकता झल्कने सांस्कृतिक कार्यक्रम, १० देखि १६ सम्म हरेक दिन सहिदलाई सम्मानलगायतका कार्यक्रम आयोजन ागर्ने तयारी गरिएको स्मारक विकास समितिले जनाएको छ ।