सांकेतिक तस्विर

हेटौंडा । मकवानपुर प्रहरीले गैंडाको खाग मुद्दाका दुई फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन पदमपुर घर भई हेटौंडा–१६ हटिया बस्ने ५२ वर्षीय विष्णु कार्की र ४६ वर्षीय काले बानियाँ रहेका छन् ।
उनीहरूलाई हेटौंडा उपमहानगरपालिका-१६ हटियाबाट शनिबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गैंडामारी खाग चोरी लगेको मुद्दामा फरार उनीहरूलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको टोलीले पक्राउ गरेको जनाइएकाे छ । पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि कसरा सेक्टर चितवन राष्ट्रिय निकुञ्ज पठाएको जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब उपरिक्षक एवम् प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयाे ।