हेटौंडा । सशस्त्र प्रहरीले हेटौँडाबाट ठुलो परिणाममा लागुऔषाध गााँजा बरामद गरेकाे छ । हेटौँडा औधोगिक क्षेत्र स्थित सशस्त्र प्रहरीको टोलीले सुरक्षाजाँचका क्रममा भारतीय नम्बर प्लेट एन एल ०१ एसी २१४४ ट्रकबाट ९ सय १९ किलो लागुऔषध गाँजा बरामद गरेको हो ।
गाँजा सहित दुईजना भारतीय नागरिक पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बलरामपुर विर्तापुर निवासी चालक करिब ४५ वर्षका दुलारे यादब र सहचालक योगेश बर्मा रहेको शसस्त्र प्रहरीका एसपी अनिल कार्कीले बताउनुभयाे । ट्रकको भित्री भागमा फल्स बटन बनाएर गाँजा राखि पुनः वेल्डीङ गरेर लुकाएर ल्याएको अवस्थामा गाँजा बरामद गरिएको कार्कीले बताउनुभयाे ।
भारतबाट मकै लिएर चितवनमा अनलोड गरि चितवनको खुरखुरेबाट गाँजा लोड गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी कार्कीको भनाई रहेको छ । पक्राउ परेकाहरुको विषयमा थप अनुसन्धान भैरहेको कार्कीले बताउनुभयाे । बरामद भएको गाँजा नेपाल प्रहरीलाई ह्याण्डओभर गर्ने प्रक्रिया थालिएको र थप अनुसन्धानको प्रक्रिया अघि बढाईएको उहाँले बताउनुभयाे ।