मकवानपुर । हेटौंडा–९ स्थित, श्रीकृष्ण आदर्श ईङलिस बोर्डिङ स्कुलको आयोजनामा हेटौंडामा भोलिबाट हुन लागेको प्रथम अन्तर विद्यालय जुनियर तेक्वान्दो प्रतियोगिताको तयारी पुरा भएको छ । बिहीबार विद्यालयले पत्रकार सम्मेलन गरेर २८ गते भोलि र २९ गते पर्सि दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा विद्यालयका सञ्चालक नवीन केसीले राष्ट्रिय तेक्वान्दो संघको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिनुभयो । बालबालिकाहरूलाई अतिरिक्त कृयाकलापमा सहभागि गराएर शारीरिक रुपमा स्वस्थ बनाउने उद्देश्यका साथ प्रतियोगिता सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो । “बालबालिकाहरूलाई सानै उमेर देखि खेल प्रति आकर्षित गर्दै विद्यालय स्तरमै खेलाडी उत्पादन गर्ने साथै शारीरिक रुपमा स्वस्थ बनाउन अतिरिक्त कृयाकलाप अन्तरगत प्रतियोगिता सञ्चालन गर्न लागेका हौं ।” उहाँले भन्नुभयो । प्रतियोगितामा जिल्लाका सामुदायिक तथा संस्थागत गरि २० विद्यालयका करिब २ सय विद्यार्थीको सहभागिता रहने उहाँले बताउनुभयो ।
प्रतियोगिता विश्व तेक्वान्दो महासंघ नियम अनुसार खेलाईने साथै कालो पेटी प्राप्त गरेका खेलाडीलाई सहभागि नगराईने राष्ट्रिय तेक्वान्दो संघ मकवानपुरका अध्यक्ष मदन श्रेष्ठले बताउनुभयो । प्रतियोगितामा एक खेलाडीले तेक्वान्दोको क्यारोगी ९फाईट० र पुम्से कुनै एक वा दुवै विधामा सहभागिता जनाउन पाउने उहाँले जानकारी दिनुभयो ।
त्यस्तै प्रतियोगिताकै क्रममा सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरको समन्वयमा छात्राहरुलाई यौनजन्य दब्र्यवहार बिरुद्धको सचेतना तथा आत्मरक्षा तालिम समेत प्रदान गरिने बताईएको छ । केन्द्रका अध्यक्ष राम बिष्टले पछिल्लो समयमा बालिकामाथि यौनजन्य दब्र्यवहारहरु बढ्दै गएकोले प्रतिकारका लागि केन्द्रले आत्मरक्षा तालिम प्रदान गर्न लागेको बताउनुभयो । उहाँले अभियानकै रुपमा हरेक विद्यालयमा आत्मरक्षा तालिम सञ्चालन गर्ने उदेश्य रहेको समेत जानकारी दिनुभयो ।
विद्यालयका संचालक केसीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा विद्यालयका प्रधानाध्यापक दुर्गाप्रसाद भट्टराई, प्रतियोगिताका संयोजक रोशिक श्रेष्ठलगायतको सहभागिता थियो । प्रतियोगिता सञ्चालनका लागि करीब ३ लाख लागत लाग्ने आयोजकले जनाएको छ ।ng….