हेटाैंडा– नेपालमा कोरोना भाईरसको संक्रमण पछि मृत्यु हुनेको सख्या १३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आज डोल्पाका ५८ वर्षीय पुरुष र धनगढीका ५५ वर्षीय महिला कोरोना भाइरस संक्रमण पछि मृत्यु भएको पुष्टि भएपछि मृतकको संख्या १३ पुगेको जानकारी दिनुभयो ।
प्रवक्ता डा देवकोटाले डोल्पा जिल्ला जगदुल्ला गाउपालिकाका ५८ वर्षिय पुरुष यही जेठ १६ गते सुर्खेत बाट धनगढी गएर क्वारेन्टाईनमा बसेको र बसेको अवस्थामा यही जेठ २० गते मृत्यु भएको जानकारी दिनुभयो ।यसैगरी धनगढीका ५५ वर्षिय महिलाको हिजो विहान सेती अस्पतालमा मृगौलाको डायलेसिसका क्रममा मृत्यू भएको र आज पिसिआर परीक्षणको नतिजामा संक्रमण पुष्टि भएको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।
यसैगरी आज थप ३ सय २३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएसँगै नेपालमा कुल संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा देवकोटाले आज विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा २ सय ८६ जना पुरुष र ३७ जना महिलामा संक्रमण पुष्टि भएको जनकारी दिनुभयो ।
प्रवक्ता देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौका ३ जना, भक्तपुरका १ जना, धनुषाका ८ जना, कपिलवस्तुका ३९ जना, महोत्तरीका ३५ जना, रौतहटका ६ जना र सलाहीका २७ जना, भेरी अस्पतालमा गरिएको परीक्षणमा बर्दियाका २८ जना र बाँकेका १२ जना, प्रादेशिक जनस्वस्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा कास्कीका ३ जना, स्याङ्जाका १० जना र बागलुङका १ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
यसैगरी विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका ७ जना र सुनसरीका १ जना, सेती अस्पतालमा गरिएको परीक्षणमा बझाङका ६ जना, काठमाडौ स्थायी ठेगाना भई हाल कञ्चनपुरमा रहेका २ जना, कैलालीका २ जना र डडेलधुरा, कञ्चनपुर तथा अछामका १–१ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेखका ४३ जना र डोल्पाका १ जना, सुर्खेत प्रादेशिक अस्पताल पशुपंछि रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सल्यानका ३८ जना, सुर्खेतका १० जना तथा जाजरकोट र दैलेखका ४–४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणम मोरङका २ जना र सुनसरीका ४ जना, कोशी अस्पतालमा गरिएको परीक्षणमा सप्तरीका १ जना, भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासीका ३ जना, प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुका ११ जना, नवलपरासीका २ जना, रुपन्देहीका ३ जना र अर्घाखाँचीका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले दिनुभएको जानकारी अनुसार नेपालमा हाल सम्म ७० जिल्लाका ३ हजार ३ जना पुरुष र २ सय ३२ जना महिलामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी आज थप ३२ जना उपचार पछि निको भई डिस्चार्ज भएसंगै हाल सम्म जम्मा ३ सय ६५ जना उपचार पछि निको भई घर फर्किएका छन् । जनकपुर प्रादेशिक अस्पतालबाट १५ जना, सुशील कोईराला प्रखर क्यान्सर अस्पतालबाट ४ जना, सेती अस्पतालबाट ६ जना र सुर्खेत अस्पतालबाट ७ जना कोरोना संक्रमण मुक्त भई घर फकिएको मन्त्रालयले जनाएको छ । आज संक्रमण मुक्त भई घर फर्किर्नेमा २७ जना पुरुष र ५ जना महिला रहेका छन् भने हाल सम्म २ सय ९९ जना पुरुष र ६६ जना महिला संक्रमण मुक्त भई घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो ।