मकवानपुर – मकवानपुरको भिमफेदि गाउँपालिका स्थित बालगृहमा रहेको २२ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । भीमफेदी–६, स्थित भिमफेदी बालगृहका कर्मचारी र बालबालिको शुक्रबार एन्टिजेन विधिबाट गरिएको परिक्षणमा उनिहरुमा कोरोना संक्रमण देखिएको भिमफेदीका स्वास्थ्य संयोजक रामनाम थिङले जानकारी दिनुभयो ।
बालगृहका २ कर्मचारी र २० बालबालिका गरि २२ जनामा कोरोना पोजेटिभ देखिएको थिङले बताउनुभयो । एन्टिजेन परीक्षणमा कोरोना पुष्टि भएका कर्माचारी र बालबालिकाहरुलाई अहिले छुट्टै ठाउँमा राखिएको जनाइएको छ । हिजो मात्र भिमफेदी–६ मा रहेको भिमफेदी कारागारका ३५५ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।