मकवानपुर – मकवानपुरमा शुक्रबार (आज) एकै दिन ४३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार १४५ जनाको कोरोना परिक्षण गर्दा ४३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालय मकवानपुरकन अनुसार एक हजार १५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३६६ जनामा र १३० जनाको पिसिआर बिधिबाट परीक्षण गर्दा ६६ जनागरी एकै दिनमा ४३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसंगै जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या १३ हजार २६१ पुगेको छ । आज जिल्लामा ३७ प्रतिशतमा संक्रमण देखिएको कार्यालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ६३ जना कोरोना संक्रमणमुक्त भएका छन । विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भइ होम तथा संस्थागत आइशोलेसनमा रहेका ६३ जना कारोना संक्रमणमुक्त भएका हुन । योसंगै जिल्लामा हालसम्म कोरोनामुक्त हुनेको संख्या १२ हजार १ सय पुगेको कार्यालयले जनाएकोे छ । यस्तै पछिल्लो २४ घण्टामा थप एक जनाको कोरोनाबाट मृत्यु भएसंगै हालसम्म जिल्लामा मृत्यु हुनेको संख्या १४२ पुगेको कार्यालयले जनाएको छ ।